बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत म्याग्दीलीहरुले तीन लाख ५४ हजार दुई सय ७२ रुपैयाँ सहयोग गरेका हुन् ।

सो आर्थिक सहयोग रकम सचिव गर्बुजा सहित समाजका अध्यक्ष सहितको टोलीले नेपाली कांग्रेस,म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)लाई हस्तान्तरण गर्नुभएको हो । अमेरीकाबाट शिव तिलिजा ,युकेबाट कुमार गर्बुजा ,हङकङबाट गङ्गे तिलिजा र सुजा पुन र जापानबाट सुमित्रा गर्बुजाको नेतृत्वमा सो आर्थिक सहयोग रकम संकलन गरिएको सचिव गर्बुजाले बताउनुभयो ।

सभापति गर्बुजाले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै जिल्लाको विभिन्न ठाउँका बाढी पहिरो पीडित परिवारका लागि आर्थिक सहयोग रकम सदुपयोग गरिने बताउनुभयो । सामाजिक क्षेत्र सहित विपदको समयमा प्रवासमा रहेका दग्नाम–दर्मिजाबासी लगायत म्याग्दीलीहरुको योगदान महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँले बढी क्षती भएका बाहेक केही प्रभावित क्षेत्रमा मात्र राहत पु¥याउन बाँकी रहेको बताउँदै जिल्लाका सबै बाढी पहिरो प्रभावित क्षेत्रमा सहयोग गर्ने जानकारी दिनुभयो ।

करिब तीन हप्ता पछि राहत वितरण गरेको प्रदेश सरकारलाई धन्यवाद दिनुभएका सभापति गर्बुजाले राहत वितरणमा कांग्रेसलाई वाइपास गरी एकलौटी रुपमा राजनितिकरण गरेको भन्दै आपत्ती जनाउनुभयो । साथै उहाँले बाढी पहिरो पीडितका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

विपदको समयमा स्थानीय तहले स्रोत साधनले भ्याएसम्म गरेको भएपनि प्रदेश र संघिय सरकार भने रमिते बनेको आरोप लगाउनुभयो । बाढी पहिरो प्रभावित क्षेत्रका परिवारका लागि प्रदेश र संघिय सरकारले राहत व्यवस्थापन ,पुर्नवास निर्माण गरी पुनस्र्थापना गर्नमा तत्काल कदम चाल्न सुझाव दिनुभयो । असार २५ गतेदेखी परेको अविरल बर्षाका कारण म्याग्दीमा ठुलो धनजनको क्षती भएको छ ।सचिव क्याप्टेन मिन बहादुर कार्कीको संचालन तथा उपसभापति माद्यवप्रसाद रेग्मीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार