बेनी –मालढुङ्गा सडक अवरुद्ध

साजन परियार
पर्बत (वारि बेनि)। बुधबार बेलुकादेखी निरन्तर परेको अबिरल बर्षासंगै आएको बाढीका कारण कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको छ । बुधबार रातीदेखी परेको विरल बर्षाका कारण बेनी –मालढुङ्गा–पोखरा सडक खण्ड अन्तर्गत जलजला गाउँपालिका वडा नम्वर ३ वारि बेनीको आटरि खोलामा आएको बाढीका कारण सडक अबरुद्ध भएको हो ।

सडकको तल्लो भाग बाढीको कटानका कारण जमिन भासिएको छ। बेनी–मालढुङ्गा सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा पटक पटक बाढीपहिरोले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयले सास्ती खेपिरहेका छन। अहिले सडक खुलाउने प्रयास भएको वारिबेनी प्रहरीचैकीका प्रहरी नायक निरीक्षक भारत गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार