मंगलाघाटमा बाढी पहिरोले ठुलो क्षती (फोटो/भिडिओ)

बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा ठुलो भौतिक क्षती पु¥याएको छ । बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षती पु¥याएको हो । बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन् ।

https://www.facebook.com/watch/?v=1716849058480174

गयराती परेको परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको पसल ,पुस्तक पसल र ग्यारेज गरी तीन वटा पसलमा पुर्ण क्षती पु¥याएको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

https://www.facebook.com/watch/?v=1716849058480174

उहाँका अनुसार क्षतीको विवरण संकलन भइरहेकाले कुन ठाउँमा कति क्षती भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ । साथै सोही बाढीका कारण बेनी –दरबा सडकमा क्षती पु¥याएको छ भने बेनी–अर्थुङ्गे –पाखापानी सडक अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार