म्याग्दीमा क्वारेन्टाइनमा रहेका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीबाट नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार बेनी नगरपालिकाका २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित प्रहरीलाई बेनी स्थित आइसोलेसन कक्षमा सारिएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रेहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । ती संक्रमित प्रहरी पोखरामा तालिम सकाएर म्याग्दी सरुवा भएर आएका थिए ।

संक्रमित प्रहरीको टोलीमा सात जना रहेको र उनिहरु माउण्ट एभरेष्ट आवासीय माविको क्वारेन्टाइनमा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । ‘पोखरामा तालिम सकाएर म्याग्दी सरुवा भइ आएर क्वोरन्टाइनमा रहेका प्रहरीमा कोरोना देखिएको हो ’, सुचना अधिकारी चौधरीले भन्नुभयो ,‘बाहिर हल्ला गरिए जस्तो जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिएको होइन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार