म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी  नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो ।

उनको साउन २१ मा स्वाब संकलन गरि पीसिआर परिक्षणका लागी पोखरा पठाइएको थियो । त्यसैगरी शनिबार ६ जनाले कोरोना जितेर घर गएका छन ।

 यो संगै  कोरोना संक्रमितको कुल संख्या ४८ पुगेको छ भने ४७ जना निको भएर घर गएको स्वास्थ कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार संक्रमित ब्यक्तिको स्वास्थ अवस्था सामान्य रहेको  छ । थप उपचारका लागी आइसोलेसन कक्षमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार