अन्तराष्ट्रिय मुख्य समाचार राष्ट्रिय समाचार स्वास्थ्य

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् ।

कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ । शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।

४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन ।

शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो । सन २०१९ को एक वर्षको अवधिमा युएईमा जम्मा १ सय ५ जनाको मृत्यु भएको थियो भने सन २०१८ वर्षभरिको अवधिमा १ सय ३ जनाको मृत्यु भएको थियो ।रातोपाटी

सम्बन्धित समाचार

thumbnail

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितको…

thumbnail

भारतमा कोरोना संक्रमित ६० लाख नजिक

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ…

thumbnail

भारतका पूर्वमन्त्री सिंहको निधन

काठमाडौँ। भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त…

Write a Reply or Comment