मंगला गाउँपालिका मुख्य समाचार म्याग्दी रघुगंगा गाउँपालिका राजनिति राष्ट्रिय

युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष राखु भगवतीका राजेन्द्र श्रेष्ठ र मंगला गाउँपालिका–५,अर्मन निवासी ईञ्जिनियर करिश्मा खत्री रहेका नेपाली कांग्रेस ,म्याग्दीका महाधिबेशन प्रतिनिधी धनबहादुर छन्त्यालले बताउनुभयो ।

प्रवेश गरेका चार जनालाई पार्टीका सभपाती तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा एक कार्यक्रमका विच पार्टी प्रवेश गराउनुभएको हो । भने कांग्रेस, म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले पार्टी सदस्यता पत्र वितरण गर्नुभएको थियो । ढकाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष हुनुहुन्छ । २०५४ को स्थानीय निर्वाचनबाट अर्मन गाविसको उपाध्यक्षमा निर्वाचित ,२०५५ मा एमालेको जिल्ला कमिटी सदस्य बन्नुभएका ढकाल नेकपा म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन जोशी, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बबहादुर गर्बुजा ‘खम्बीर’, कांग्रेस नेताहरू जित छन्त्याल नेपाली कांग्रेस काठमाण्डौं सम्पर्क समितिका सभापति चित्र केसी ,कोषाध्यक्ष ईन्द्र थापा नेबिसंघ काठमाडौ सम्पर्क समितिका सभापति दीपेन्द्र रिजाललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

thumbnail

करोड लगानीमा हिदिमा अर्गानिक तरकारी खेती (फोटो/भिडिओ )

बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा…

thumbnail

म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग

म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको…

thumbnail

लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)

बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९…

One comment

Write a Reply or Comment