वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि

वीरगन्ज । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालले जानकारी दिए।

उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो। तर उनलाई अस्पतालले ब्रट डेथ घोषणा गर्‍यो।

उनलाई परिवारले सुरूमा अन्य अस्पताल पनि लगेका थिए। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पुर्‍याइएको थियो।

अहिले युवतीको शव अस्पतालमै राखिएको छ। शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ।

योसँगै वीरगन्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार