अन्नपूर्ण गाउँपालिका
आर्थिक
भिडियाे
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
अन्नपुर्णका बाढी पहीरो पीडितलाई राहत वितरण (भिडिओ /तस्बिर सहित )
शनिवार, असोज १० गते
| Suren Gurung
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,का बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहत वडा नम्बर ३ का काभ्रे ,द्वारी,तितर फगामका २४ बाढी पहिरो पीडितलाई वितरण गरिएको छ ।
अन्नपुर्ण गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई मगर संघ राहत वितरण
Posted by MyagdiNews.com on Saturday, September 26, 2020
बाढी पहिरोमा बेपत्ता बलबहादुर गर्बुजाको र मृतक झलक बहादुर पुन मगरका प्रति परिवार पाँच हजार रुपैयाँ दरले दश हजार रुपैयाँ सहित तीन हजार रुपैयाँ बराबरको खाद्याँन्न तथा अन्य पीडित परिवारलाई प्रती परिवार तीन हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ ।
सो खाद्यान्न तथा नगद गाउँपालिका अध्यक्ष तथा नेपाल मगर संघ म्याग्दीका सल्लाहकार क्याप्टेन डम बहादुर पुन र मगर संघ म्याग्दीकी अध्यक्ष डक माया पाइजाले वडा अध्यक्ष नरसिंह बहादुर पुर्जा मार्फत नगद र खाद्यान्न वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले सहयोगी दाताहरुलाई धन्यवाद दिनुभयो । उहाँले अविरल बर्षातका कारण बाढी पहिरोबाट अन्नपुर्णमा ठुलो क्षति भएको बताउनुभयो । पीडित परिवारलाई गाउँपालिकाले तत्काल राहत वितरण गरिएको जानकारी गराउनुभयो ।
मगर संघ म्याग्दीकी अध्यक्ष पाइजा मगरले मंगर संघ केन्द्रीय समितीको आह्वान,अन्तर्राष्ट्रिय महासंघको समन्वय मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ ,जिल्ला समन्वय समिती म्याग्दीले संकलन गरेको राहत पीडित परिवारलाई वितरण गरिएको बताउनुभयो । कमजोर भुुगोल ,भुमिगत पानी ,सडक निर्माण तथा नदीको कटानले पहिरो गएको वडा अध्यक्ष पुर्जाले बताउनुभयो ।
????????????????????????????????????
यस्तै जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा पनि राहत वितरण गरिने सचिव खम बहादुर थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला उपाध्यक्ष लोक बहादुर पुन ‘लोकेश’को नेतृत्वमा सो राहत वितरण गरिनेछ ।
????????????????????????????????????
बेनी नगरपालिका वडा नम्बर २ भकिम्लीका बाढी पहिरो पीडित परिवारलाई बीस अन्य रघुगंगा ,मालिका ,धवलागिरी र मंगला गाउँपालिकामा पुर्ण क्षती भएका परिवारलाई प्रति परिवार पाँच हजार ,मृतक र बेपत्ता परिवारलाई प्रति परिवार दश हजार रुपैयाँका दरले राहत वितरण गरिने छ ।
????????????????????????????????????
जिल्ला सचिव थापा मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी ,मगर संघ जिल्ला सचिवालय म्याग्दी सदस्य हिराबहादुर पुन, समाजसेवी तथा बेनी –जोमसोम सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन ,प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय
अन्नपूर्ण गाउँपालिका
मुख्य समाचार
म्याग्दी न्युज विशेष
काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू…
अन्नपूर्ण गाउँपालिका
धवलागिरी गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…
अन्नपूर्ण गाउँपालिका
आर्थिक
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको…
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८…
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति…
झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको…