आर्थिक मुख्य समाचार राष्ट्रिय विचार समाचार समाज

अब विपन्न संक्रमितको मात्रै सरकारले निःशूल्क उपचार गर्ने

काठमाडौँ । सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रालयको प्राविधिक समूहको बैठकले लक्षण देखिएका व्यक्तिको मात्र उपचार गर्ने र त्यसमा पनि बिपन्न नागरिकको मात्र खर्च ब्यहोर्ने निर्णय गरेको छ। अन्य नागरिकले भने आफ्नै खर्चमा उपचार गर्नुपर्नेछ।

प्राविधिक समूहले गरेको यो निर्णय मन्त्रिपरिषदले पारित गरेपछि मात्रै लागू हुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

अधिकारीकाअनुसार विदेशबाट आएको व्यक्ति १४ दिन अनिवार्य क्वारेन्टिनमा नबसे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाएको छ। क्वारेन्टिन बसेका मध्ये पनि खर्च ब्यहोर्न नसक्नेको मात्रै सरकारले ब्यहोर्ने छ। सक्नेको हकमा आफ्नै खर्चमा होटेल क्वारेनटिनमा बस्नुपर्ने निर्णय भएको छ।

अन्तरजिल्ला प्रवेश गरेका व्यक्तिले स्थानीय निकायको निगरानीमा घरमै १४ दिन क्वारेनटिनमा बस्न सक्ने निर्णय गरेको समूहले गरेको छ। तर अतिआवश्यक सेवा दिने व्यक्तिको हकमा यो व्यवस्था लागु नहुने जनाइएको छ। लक्षण देखिएका व्यक्तिको मात्र पिसिआर परीक्षण गर्ने र नदेखिएको अवस्थामा १४ दिन क्वारेन्टिन बसेपछि घरमा जान पाउने व्यवस्था गरेको छ। त्यसैगरी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स तथा सफाइका कर्मचारको भने शंका लागेमा परीक्षण गरिने छ।

बैठकले बंगलादेशबाट आएको रेमडिसिभिर औषधि स्वास्थ्य अनुसन्धान परिषदको नियम अनुसार प्रयोग गर्ने गरी सूचीकृत संस्थालाई बितरण गरिने निर्णय भएको छ। नागरिक न्यूजबाट साभार

सम्बन्धित समाचार

thumbnail

सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब

काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि…

thumbnail

मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग

म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी…

thumbnail

जफत गरिएको प्याज खाद्यले बेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कालोबजारी मुद्दामा जफत गरिएको प्याज बिक्री गर्ने भएको छ । कृत्रिम अभाव गराएर कालोबजारी कसुरमा मुद्दा दायर गरिएका पसलबाट जफत गरिएको करिब १४ हजार के।जी प्याज…

Write a Reply or Comment