अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनाको ज्यान गएको छ ।यो समाचार तयार पार्दासम्म २ लाख १ सय ९७ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या बढेर ६७ लाख ८८ हजार १ सय ४७ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकाको न्युयोर्कमा ३३ हजार १ सय ४१ जनाको ज्यान गएको छ । न्युजर्सीमा १६ हजार १ सय ६६, टेक्ससमा १४ हजार ७ सय ३०, क्यालिफोर्नियामा १४ हजार ६ सय १५ र फ्लोरिडामा १२ हजार ७ सय ८८ जनाको ज्यान गएको छ ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार