घटना राष्ट्रिय समाचार समाज सुरक्षा स्वास्थ्य

अरिङ्गाल पोल्न जाँदा एक पुरुषको मृत्यु

धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।

रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रासस/रातोपाटी

सम्बन्धित समाचार

thumbnail

कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती…

thumbnail

बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने ५५ वर्षीय सत्यनारायण पक्राउ

काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । भदौ…

thumbnail

७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

उदयपुर । उदयपुरमा ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरको प्रहरी टोलीले बलात्कारको आरोपमा ३५ वर्षीय किरण राईलाई पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी…

Write a Reply or Comment