अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु

अर्घाखाँची । समयमै उपचार नपाउँदा रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको छ ।

मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् । लगातारको वर्षापछि पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले समयमै गाडी नपाउँदा उनलाई बुधबार बिहान मात्रै उपचारका लागि लगिएको थियो ।

उनलाई गाडी चल्ने ठाउँसम्म बोकेरै लगिएको थियो । उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार