अहिलेसम्मकै धेरै १५३९ जना कोरोना संक्रमित थपिए ,संक्रमित संख्या ५८,३२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससंगै कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिनुभयो ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । यसैगरी देशभर २४ घण्टामा थप आठ जनाको मृत्यु भएसंगै मृतक संख्या ३७९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार