मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज स्वास्थ्य

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ । महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको…

thumbnail

कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती…

thumbnail

चीनतर्फ पहिरो गएपछि रसुवागढी नाका बन्द

रसुवा । बुधबारदेखि सञ्चालनमा आएको रसुवागढी नाका पुनः बन्द भएको छ। आइतबार बिहान रसुवागढी नाका भन्दा केही पर चिनियाँ भूभागमा पहिरो गएपछि नाका बन्द भएको हो। पहिरो गएको क्षेत्रको सडक पूर्ण क्षति…

Write a Reply or Comment