मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

कालिकोट कोरोना सङ्क्रमणमुक्त

कालिकोट । कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।

कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए ।

जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको…

thumbnail

वीपी प्रतिष्ठानका चिकित्सकद्वारा उपकुलपति कार्यालयअघि धर्ना

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनमा उत्रिएका छन्। चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना गरिरहेका छन्। सोसाइटीले पटक…

thumbnail

देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको…

Write a Reply or Comment