क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी खर्च भइसकेको छ ।

४३ बर्षिय घर्तीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको राम बहादुर घर्ती बचाउ अभियानका सदस्य युके घरब्जा छन्त्यालले बताउनुभयो । घर्तीको आर्थिक अवस्था नाजुक भएकाले सबैलाई उहाँले सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ ।

घर्तीको उपचारमा उहाँको नगद ,आफन्तको सहयोग र ऋण गरेर अहिलेसम्म दश लाख रुपैयाँ खर्च भइसकेको राम बहादुर घर्ती बचाउ अभियानले जनाएको छ । क्यान्सर पीडित घर्ती गत बर्षको पुस १३ देखी अस्पतालमा उपचाररत हुनुहुन्छ । सामान्य खेती किसानी गरेर जिविका चलाउँदै आएका घर्तीका परिवारलाई जटिल रोगका कारण ठुलो समस्या परेको छ ।

घर्तीका परिवारमा श्रीमती र तीन छोराछोरी छन् । घर्तीको उपचारमा आर्थिक सहयोग गरीदिन परिवारले अपिल गरेका छन् ।कोरोना कहरका कारण बजार तथा गाउँमा सहयोग उठाउन नसक्ने अवस्था भएकाले घर्तीको जीवन बचाउन सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग संकलन अभियान थालिएको छ ।

सम्पर्क नं: निजको श्रीमती को:-9847762346 नवीन रिजाल:9806110764,9869698102

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार