गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

कास्की ।गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार विभिन्न ५ जिल्लामा गरी २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जसअनुसार कास्कीमा ८, तनहुँमा २, गोरखामा २, बाग्लुङमा ४ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ६ पुगेको छ ।

पोखरा महानगरपालिका वडा नं १५ का २९ बर्षीय एक पुरुष र बाग्लुङ नगरपालिकाका ३ जना पुरुष भारतबाट आइ क्वारेन्टाइनमा बसेका हुन भने अन्य सबैको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट गरिएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोद बिन्दु शर्माले जानकारी दिए अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन केन्द्रमा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार