राजनिति राष्ट्रिय समाचार समाज

त्रिवि पदाधिकारीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका छन्। त्रिविलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको ब्यारेक बनाएको, भर्ति केन्द्र बनाएको र विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले विश्वविद्यालयका भ्रष्ट पदाधिकारीको राजीनामा मागिएको बताए। नियम विपरीत गरिएका नियुक्ति खारेज गर्न पनि नेविसंघले माग गरेको उनले जानकारी दिए।

त्रिविले छ महिना हुँदा पनि कोरोना प्रभावित विद्यार्थीको परीक्षा र पठनपाठनको उपयुक्त विकल्प निकाल्न नसकेको नेविसंघ त्रिवि समिति अध्यक्ष हरि आचार्यको भनाइ छ।

यस्ता छन् नेविसंघका माग
१. हालका पदाधिकारी आएको १ वर्ष हुनलाग्यो, विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको न कुनै भिजन छ न योजना र कार्यक्रम नै।

२. आफू नियुक्ति भएदेखि नै प्राज्ञिक मर्यादा र क्षमताको आधारमा होइन नेकपाका कार्यकर्तालाई नियुक्ति गरी त्रिविलाई दलीयकरणको पराकाष्ठमा पुर्‍याएको।

३. त्रिवि विभिन्न निकायमा पदाधिकारी नियुक्ति गर्दा त्रिविको नियमलाई लत्याएर मनपरी ढंगले आफ्ना कार्यकर्ता भर्ती गरी त्रिविको ऐन नियमको खिल्ली उडाएको।

४. लामो समयदेखि उच्च शिक्षाका नाममा बिश्व बैंकबाट ऋण लिँदै आएता पनि बिद्यार्थीले महँगो शुल्क तिर्नु परिरहेको तर पनि शैक्षिक क्षेत्रमा केही सुधार नदेखिँदा नदेखिँदै आमसरोकारवाला सँगको बृहत समीक्षाविना नै पुनः ऋण लग्ने तयारी भइरहेको।

५. कोभिड १९ महामारीको समयमा विश्वविद्यालयजस्तो संस्था ६ महिनासम्म कक्षा सञ्चालन, परीक्षा व्यवस्थापन लगायतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएको।

६. विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठन, परीक्षालगायतका विषयमा विद्यार्थीको हकहितमा विभिन्न मुद्दाहरु उठाउने र त्यसका लागि उपयुक्त व्यवस्थाको माग गर्ने विद्यार्थीहरुलाई झुट्ठा आरोप लगाई सार्वजनिक मुद्दा लगाइएको।

७. त्रिविको शैक्षिक प्राज्ञिक क्रियाकलाप सञ्चालन र प्रशासनिक व्यवस्थापनमा त्रिविको ऐननियम विरुद्धका कार्यहरु तत्काल खारेज गरी यस्ता क्रियाकलाप बन्द गर्न आवाज उठाउने नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावल बिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरी विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थाको इतिहासमा कहिले नभएको दुर्गन्धित हर्कत गरिएको छ।

८. पदाधिकारीमा हाल देखिएको सर्वसत्तावादी सोचबाट त्रिविलाई मुक्त गरी स्वच्छ प्राज्ञिक शैक्षिक संस्थामा परिणत गर्न।

९. विश्वविद्यालयको एकाडेमिक क्यालेण्डर कायम गर्ने र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

कांग्रेसका सांसद श्रेष्ठलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण भएको छ। शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो। हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताए।…

thumbnail

मन्त्रीमण्डल हेरफेरको तयारी गर्दै गण्डकी प्रदेश सरकार

कास्की । संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो । तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी…

thumbnail

मन्त्रिपरिषद् पुनर्गठन गर्न दुई अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा…

Write a Reply or Comment