काेराेना अपडेट मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

देशभर थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।

उहाँका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् ।

यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ । यस्तै गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । उपत्यकाका ४ सहित ८ को मृत्युकोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

नेपालमा ३२२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४…

thumbnail

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना पुष्टि

काठमाडौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

thumbnail

नेपालमा २६६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२…

Write a Reply or Comment