देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि,थप सातको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो ।

उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यसैगरी देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । कोरोनाबाट मृत्यु हुनेमा काठमाडौंमा ३४ र ८६ बर्षिया २ महिला तथा ५४ बर्षिया पुरुष रहेका छन् भने रुपन्देहीमा ८२ बर्षिय पुरुष, सप्तरीमा ३९ बर्षिय पुरुष , मोरङमा ६० बर्षिय पुरुष र सुनसरीमा ६० बर्षिया पुरुष रहेका छन् । बुधबार १२ हजार २०५ पीसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै हाल देशभर २०१ जना आईसीयु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३८ लाख ५२ हजार ४८ जना रहेका छन् । भने निको हुनेको संख्या २ करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार