नेपालमा १ हजार २०४ जना कोरोना संक्रमित थपिए,११ जनाको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार