बेनी नगरपालिका
म्याग्दी
राष्ट्रिय
समाचार
समाज
स्थानीय
नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल
शनिवार, असोज १० गते
| म्याग्दी न्युज संवाददाता
बेनी । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल शाही चयन हुनुभएको छ । बेनीको शिखर होटलमा सम्पन्न प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रा.लि.का संचालक समेत रहनुभएका युवा व्यवसायी शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
समितिकोे बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा, उपाध्यक्ष गंगा केसी, महासचिवमा संम्झना अधिकारी, कोषाध्यक्षमा कुल बहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह– कोषाअध्यक्षमा कुशल पौडेल रहेको सदस्यमा २७ सदस्य चयन हुनुभएको छ ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि नेपालमा पहिलो स्थापना भई हाल सम्म व्यवासयीको लागि काम गरिरहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा व्यवासायीहरु पलायन हुने अबस्था पनी सरकारले व्यवसायीको लागि कुनै काम नगरेको बताउनुभयो ।
कार्यक्रममा युवा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल,चेम्बर पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोल्नुभएको थियो । विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । कार्यक्रम अध्यक्ष शाहीको अध्यक्षता, उपाध्यक्ष यामनाथ सुवेदीको स्वागत र निर्मल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
घटना
बेनी नगरपालिका
मालिका गाउँपालिका
मुख्य समाचार
बेनी ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ बिरामी बोकेर पोखरातर्फ जाँदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फाँपरखेत पहिरो नजिकै बिहिबार राती ग १ ज…
अन्नपूर्ण गाउँपालिका
धवलागिरी गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
बेनी ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधाकि कदम विरुद्धमा नेपाली कांग्रेस म्याग्दीले बृहत विरोध प्रदर्शन गरेको छ । संबिधानको मुल्य ,मर्म र भावना बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गर्नुभएका प्रधानमन्त्री शर्मा ओलीका…
बेनी । बेनी नगरपालिका–४, सिंगा तातोपानीस्थित सरस्वती माविमा लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको साम्रागी वितरण गरेको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय क्लवले शुक्रबार विद्यालयमा आयोजित…
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
समाचार
बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण…
मुख्य समाचार
म्याग्दी
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौं ।म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको सरुवा भएको छ । प्रजिअ अधिकारीलाई काठमाडौंमा सरुवा गरिएको हो ।अधिकारीको स्थानमा गृह मन्त्रालयबाट गणेशबहादुर अधिकारी आउनुहुने भएको हो ।गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक…
पोखरा । कास्कीको रुपा गाउँपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा गाउँपालिकाले भलिबल, झाँकी, माला प्रतियोगिता लगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने शुक्रबार आयोजित…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४…