बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,तोलाबाङ्ग र दुखुबेशीका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । अविरल बर्षा पछि पहिरोको जोखिममा रहेका कर्ण बहादुर बिक र असार २६ मा बाढीमा परि घाइते हुनुभएका बाल्सिङ रोका मगरको उपचारका लागि मितेरी युवा क्लब र जनहित आमा समुहले संयुक्त रुपमा प्रति परिवार ७ हजार पाँच सय रुपैयाँका दरले सहयोग गरिएको हो ।

सो आर्थिक सहयोग रकम युवा नेता तथा क्लबका अध्यक्ष राजु जुग्जाली मगर र आमा समुहकी अध्यक्ष छरदेबी जुग्जालीले पीडित परिवार तथा आफन्तलाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । घाइते रोका मगरकी श्रीमती गिताको असार २६ बिहानमा दुखु खोलामा आएको बाढीले बगाउँदा बेपत्ता हुनुहुन्छ । घाइते रोका मगर काठमाडौंमा उपचाररत हुनुहुन्छ । पहिरोको कारण तोलाबाङ्गका बिकको घर उच्च जोखिममा परेको छ ।

उपचाररत रोकालाई आर्थिक समस्या भएकाले क्लब तथा आमा समुहले आर्थिक सहयोग अभियान सञ्चालन गर्ने क्लब अध्यक्ष तथा युवा नेता जुग्जाली मगरले जानकारी दिनुभयो । कार्यक्रममा आमा समुहकी निवर्तमान अध्यक्ष दिलमाया जुग्जाली ,समाजसेवी तथा क्लबका सल्लाहकार अनिल रोका मगर ,सती आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमाल गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार