अन्तराष्ट्रिय घटना समाचार समाज सुरक्षा स्वास्थ्य

भारतको बिहारमा चट्याङले १५ जनाको मृत्यु

काठमाडौँ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयता निरन्तरको वर्षासँगै परेको चट्याङले लागेर १५ जनाको मृत्यु भएको छ।

चट्याङका कारण बितेका तीन दिनभित्र चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो। साथै केही व्यक्ति नराम्ररी घाइते भएको बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीले बुधबार बिहान जानकारी दिएका हुन्।

गत सोमबारदेखि यहाँ चट्याङ पर्न सुरु गरेको र बुधबार बिहानसम्म यसबाट मृत्यु हुनेको संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जनाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

मौसम खराब रहेकाले बाहिर ननिस्कन र चट्याङबाट बच्ने उपाय अपनाउन राज्यका सबै नागरिकलाई सूचना जारी गरिएको थियो। यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङले लागेर ज्यान गएका व्यक्तिका परिवारलाई जनही परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। पीडित परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ। रासस/नागरिक न्यूज

सम्बन्धित समाचार

thumbnail

भारतमा कोरोना संक्रमित ६० लाख नजिक

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ…

thumbnail

भारतका पूर्वमन्त्री सिंहको निधन

काठमाडौँ। भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त…

thumbnail

भारतसँगको सीमा क्षेत्र अनुगमनका लागि गृहमन्त्री दार्चुलामा

काठमाडौं । नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा अवस्था बढाएपछि भारतले नेपाली सुरक्षाकर्मीको गतिविधिमा निगरानी थालेको छ ।नेपाली सुरक्षाकर्मी जताजता जान्छन्, उतै उतै भारतीय सुरक्षाकर्मी जान थालेपछि नेपालले थप सतर्कता अप्नाउन थालेको…

Write a Reply or Comment