मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ

काठमाडौ । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए ।

लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको एसएसपी राईले जानकारी दिए । यसअघि मिर्गौला तस्करीमा प्रहरीले ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार