म्याग्दीमा गाडेको अवस्थामा महिलाको शव फेला ,श्रीमान प्रहरीको नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिका –१, बेलबोटमा खाडलमा गाडेको
अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बेलबोटकी ३६ बर्षिया माया बोहोराको शव घर नजिक आफ्नै बारीमा खाडल खनेर पुरेको अवस्थामा बुधबार विहान ४ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थप अनुसन्धानका लागि मृतक मायाका श्रीमान बिर बहादुर सार्कीलाइ नियन्त्रणमा लिइएको छ । घटनाबारे बेलबोट घर भई हाल बागलुङ नगरपालिका – १ कुडुलेमा बस्दै आएका बिर बहादुरका दाइ सेते सार्कीले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार