घटना मुख्य समाचार राष्ट्रिय समाचार सुरक्षा स्थानीय

रौतहटमा प्रहरीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । रौतहटमा प्रहरीको वान टन ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मंगलबार राति चन्द्रपुर नगरपालिकामा ४ मा २ नम्बर प्रदेश सशस्त्र प्रहरी गणको ना १ ग ४७९ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट कटहरिया नगरपालिका ७ का नथुनि देवानको मृत्यु भएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।ुवीरगन्जमा मान्छे छोडेर आएको वान टन ट्रक हो। फर्किने क्रममा चन्द्रपुरमा दुर्घटना भयो उनले भने साइकल चढेका एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, घाइते हुनेमा कटहरियाकै जगदिश देवान छन्। उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बतायो। त्यस्तै गाडी र चालक प्रहरी हवल्दार सन्तबहादुर थापा प्रहरीको नियन्त्रणमा छ।सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

बम विष्फोट तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ

काठमाडौं । आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बारा प्रहरी कार्यालयले परवानीपुर गाउँपालिका १ घर भएका ३६ वर्षीय कपिलदेव महत्तोलाई मंगलबार राति १० बजे पक्राउ…

thumbnail

करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको…

thumbnail

३७ किलो चरेशसहित दुई महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका छन्। बुधबार दिउँसो २ बजेतिर प्रहरीले निगरानी गर्दै पिछा गर्नेक्रममा मकवानपुर मनोहरी…

Write a Reply or Comment