आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज स्थानीय

व्यापार/व्यवसाय र यातायातमा निषेधाज्ञा खुल्ने

काठमाडौँ । भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने दाहालले बताए ।

तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ । कान्तिपुरबाट साभार

सम्बन्धित समाचार

thumbnail

सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब

काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि…

thumbnail

मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग

म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी…

thumbnail

जफत गरिएको प्याज खाद्यले बेच्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कालोबजारी मुद्दामा जफत गरिएको प्याज बिक्री गर्ने भएको छ । कृत्रिम अभाव गराएर कालोबजारी कसुरमा मुद्दा दायर गरिएका पसलबाट जफत गरिएको करिब १४ हजार के।जी प्याज…

Write a Reply or Comment