अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारण मारिएका हुन्। त्यहाँका अधिकारीहरूका अनुसार बिस्फोटमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन्।

आतंकवादीहरूले कारभरि बिस्फोटक पदार्थ राखेका थिए, बिस्फोटमा १२ जना नागरिक मारिए र एक सय भन्दा बढी घाइते भए, अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले भनेको छ।घोरका स्वास्थ्य अधिकारी जुमा गुल याकुबीका अनुसार घाइते हुनेमा प्रहरी अधिकारीहरू समेत छन्। अहिलेसम्म बिस्फोटको जिम्मा कसैले लिएका छैनन्।घाइतेहरूको उद्दार गरी विभिन्न अस्पतालमा लगिएको समाचार संस्था एएफपीले जनाएको छ।एजेन्सी/सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार