आयल निगमको रुपन्देही डिपोभित्र रहेको पेट्रोल ट्याङ्करमा आगलागी

बुटवल । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएको छ। भारतबाट ल्याइएको पेट्रोल डिपोमा चेकजाँच गरेर निस्किने क्रममा गेटमै बिहीबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो।

त्रिवेणी कुमार यादवको पेट्रोल भरिएको लु१ख ८१४५ नम्बरको ट्याङकरको क्याबिनमा लागेको आगो निगमको डिपोभित्रै रहेको दमकलले नियन्त्रणमा लिएको थियो। आगलागीबाट ट्याङकरको क्याबिन पूर्ण रुपमा जलेको छ। ट्याङकर भने आगो लाग्नबाट जोगिएको छ।

ट्याङकरमा आगो सल्किएको भए ठूलो क्षति हुन सक्थ्यो। तर, डिपोभित्रै रहेको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको कारण निगमको डिपो सम्भावित ठूलो आगलागी हुनबाट जोगिएको छ।आयल निगम भलवारी शाखाले भने आगलागीको घटनाबारे जानकारी दिएन। यसअघि गत सोमबार साँझ भैरहवास्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्याङकरमा पनि आगलागी भएको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार