घटना मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय स्थानीय

उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु ,३ घाइते

विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।onlinekhabar

सम्बन्धित समाचार

thumbnail

हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान…

thumbnail

आयल निगमको रुपन्देही डिपोभित्र रहेको पेट्रोल ट्याङ्करमा आगलागी

बुटवल । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएको छ। भारतबाट ल्याइएको पेट्रोल डिपोमा चेकजाँच गरेर निस्किने क्रममा गेटमै बिहीबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो। त्रिवेणी…

thumbnail

गैंडाको खागसहित एक शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय…

Write a Reply or Comment