अपराध घटना राष्ट्रिय समाचार समाज

कपिलवस्तुमा चार लाख भारुसहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए ।

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए।

बरामद गरिएको रकममा रु ५०० दरका ४०० थान र रु दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा रु छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।रासस/रातोपाटी

सम्बन्धित समाचार

thumbnail

गैंडाको खागसहित एक शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय…

thumbnail

नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन…

thumbnail

सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको २७ लाख रुपौयाँ लुटपाट गर्न खोज्ने दुई युवा पक्राउ

ओखलढुंगा । वडा सचिवको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका सोही स्थानका २३…

Write a Reply or Comment