कांग्रेस नेतृ गौचनद्धारा पुर्णगाउँकी मृर्गौला रोगी कोपीलाको उपचारका लागि आर्थिक सहयोग

बेनी ।समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ बिमला गौचनले पुर्णगाउँकी कोपिला पुनको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँकी मृर्गौला रोगी पुनको उपचारका लागि समाजसेवी तथा कांग्रेस नेतृ गौचनले दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । सो आर्थिक सहयोग कोपिलाकी बुबा करबिर पुनलाई हस्तान्तरण गर्नुभएको हो ।

गौचन नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहनुभएकी गौचनले मृर्गौला रोगी पुनको उपचारमा आर्थिक सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । कोपीलाको एउटा मृर्गौलामा समस्या देखिएको छ ।पोखरा स्थित मणिपाल अस्पतालमा मृर्गौला रोगी छोरीको उपचार गराउँदै आउनुभएका करबिरले आर्थिक अवस्था कमजोर भएको र छोरीको उपचारमा खर्च बढी लाग्ने भएकाले सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

छोरीको उपचारमा अहिलेसम्म करिब साढे तीन लाख रुपैयाँ खर्च भइसकेको बुबा करबिरले बताउनुभयो । उहाँले स्थानिय बन ,युवा क्लब ,विद्यालय लगात विदेशमा रहेका आफन्तबाट साढे दुई लाख रुपैयाँ संकलन भएको बताउनुहुँदै सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।आर्थिक अवस्था कमजोर भएको र छोरीको उपचारमा खर्च बढी लाग्ने भएकाले सहयोग

यस अघि बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले मुठी दान कार्यक्रम अन्तर्गत कोपीलाको उपचारका लागि एघार हजार एक सय एक रुपैयाँ सहयोग गरेको छ । १६ बर्षिया कोपीलाले पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृती माविबाट एसईई उत्तिर्ण गर्नुभएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ मालिका गाउँपािलका सहसचिव देबि बुढा मगर ,अनुषा गौचन र राम बहादुर खत्रि क्षेत्रीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार