आर्थिक मुख्य समाचार राष्ट्रिय शिक्षा समाचार समाज

केएमसीका अभिभावक मासिक शुल्क वृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल (केएमसी) का अभिभावकले मासिक शुल्क वृद्धिको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक-पटक आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् । १३ वुँदे माग सम्बोधन गर्न विद्यालय प्रशासनलाई दुई हप्ताको समय दिँदा समेत बेवास्ता गरेका कारण बाध्य भएर आफूहरु प्रदर्शनमा उत्रनु परेको अभिभावक समेत रहेका रविन्द्र ओझाले जानकारी दिए ।

गैरकानुनी वार्षिक शुल्क खारेज गर, शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गर, ट्युसन शुल्कमा ५० प्रतिशत कायम गर, कोभिड १९ को समयमा शुल्क वृद्धि बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले विद्यालय अगाडि प्रदर्शन गरेका थिए । अभिभावकले उठाएको माग सम्बोधन गर्न विद्यालय प्रशासन तयार नरहेको उनीहरुले आरोप लगाएका छन् ।अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

कांग्रेस नेतृ गौचनद्धारा पुर्णगाउँकी मृर्गौला रोगी कोपीलाको उपचारका लागि आर्थिक सहयोग

बेनी ।समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ बिमला गौचनले पुर्णगाउँकी कोपिला पुनको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँकी मृर्गौला रोगी पुनको उपचारका लागि समाजसेवी तथा…

thumbnail

जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा…

thumbnail

ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा

बेनी । ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा विस्तार गरिएको छ ।दक्षिण कोरियामा उत्पादन भएका ब्राण्डलाई नेपाली बजारमा ल्याउने उद्धेश्यले बुतवलको सुंदरचोकमा सातौं शाखा विस्तार गरिएको हो । शाखाको ओजे गुप्र प्रा.लिका…

Write a Reply or Comment