
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
काठमाडौं । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो।
पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पिसिआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो। उनको न्युरो अस्पतालमा उपचार भइरहेको थियो। पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय उनको बिहान ३ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए।
रिपोर्ट आउनुभन्दा पहिले नै उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। मिर्गौला पीडित उनी नियमित डाइलासिस गराउँदै आएका बिरामी थिए। यस्तै, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरूषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ। कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजेतिर उनको वृद्धको मृत्यु भएको हो।
उनलाई निमोनियाको समस्या थियो। उनको असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। नोबेलमै ६६ वर्षीय वृद्ध पुरूषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। उनको असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार नोबेल भर्ना गरिएको थियो।
यसैगरी, कोसी अञ्चल अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर–२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। असोज १९ गते कोरोना पुष्टि भएपछि उनी कोभिड अस्पताल भर्ना भएकी थिइन्। सेतोपाटीबाट साभार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो। अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा…
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…