कोरोना संक्रमणबाट बागलुङमा थप एकको मृत्यु

बागलुङ । बागलुङमा थप एक जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ ।

संक्रमणबाट बागलुङ नगरपालिका वडा नम्बर १३ की ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोरोना संक्रमित महिलाको आइतबार २ गते साँझ पर्वत कुश्मा नगरपालिका वडा नम्बर ५ मा मत्यु भएको बताइएको छ ।

उनलाई आइतबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो निर्देशनालयले जनाएको छ । उनीमा कोभिड १९ सहित मधुमेहको समेत समस्या निर्देशनालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको निर्देशनालयले जनाएको छ । baglungpostबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…