
२३.८५ अंकले घट्यो सेयर बजार
काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो । टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध्यक्ष पार्वती सनुवारले बताइन् ।
उनले भनिन्, ‘सामाजिक सुरक्षा भत्ता बैंकसम्म पुगेर ल्याउन सक्ने सम्भव देखिँदैन, घण्टौँसम्म पैदल हिँडेर ज्येष्ठ नागरिकलाई भत्ता लिन जान झन् समस्या छ । यस्ता समस्याको समाधान गर्न गाउँपालिकाले टोलटोलमा पुगेर भत्ता वितरण गर्ने अभियान चलाएको छ ।’लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले बताए । हालसम्म वडा नं ५ र ६ का लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझिसकेको तथा वडा नं १, ३, ४ मा वितरण भइरहेको उनले जानकारी दिए ।
जिल्ला अरु स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको सङ्क्रमण फैलन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । रासस/नागरि खबर
काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…