जन्मदिनको केक खाँदा १२ जना बिरामी

दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

केक खाएपछि झाडपखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।रासस/रातोपाटी

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…