झापामा श्रीमतीलाई मुड्कीले हान्दा मृत्यु, श्रीमान् पक्राउ

काठमाडौं । झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ।आइतबार राति साढे ६ बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए।

मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो।तर त्यहाँ पुग्दा श्रीमतीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीहरूबीच विवाद हुँदा श्रीमतीलाई हानेको भनिएको छ,डिएसपी थापाले भने,के विवाद थियो भन्ने पूर्ण विवरण खुलिसकेको छैन। प्रहरीले उनका श्रीमान् पर्वत राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

thumbnail

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ : मन्त्री आले

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…

thumbnail

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…