घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्।

जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो। जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार त्यसपछि घाइते उनलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो।

उपचारका क्रममा उनको राति सवा १० बजे डाक्टरहरूले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनको शव सोही अस्पतालमा राखिएको छ। प्रहरीले ट्याक्टर र चालक २२ वर्षीय शिव सोमैलाई नियन्त्रणमा लिएको छ।सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजी कार्यमा जुटेका प्रहरीले दुई हप्ताको अवधिमा ती परिमाणका…

thumbnail

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर…

thumbnail

मकवानपुरमा दुई शव फेला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ पापीखोल्सामा शुक्रबार बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार…

Write a Reply or Comment