आर्थिक राष्ट्रिय समाचार समाज सुरक्षा

दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता पाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले मासिक भत्ता दिन थालेको हो । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको हो । गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता खान थालेका छन् । अपिहिमाल गाउँपालिकाका अनुसार वडा नं १ का दुई, वडा नं २ का तीन, वडा नं ३ का नौ, वडा नं ४ का तीन, वडा नं ५ का पाँच र वडा नं ६ का छ जना एकल पुरुषले भत्ता पाइरहेका छन् । गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन् । अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भने, ‘गाउँपालिकाले मासिक रु ५०० भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ । अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि सहज हुनेछ ।’

गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम गत वर्ष नै निर्माण गरेको छ । यस्तै गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट रु एक हजार प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्रसिंह धामीले बताए । प्रोत्साहन रकम पाउने भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन थालेका छन् ।रासस/अनलाइनखबर

सम्बन्धित समाचार

thumbnail

कांग्रेस नेतृ गौचनद्धारा पुर्णगाउँकी मृर्गौला रोगी कोपीलाको उपचारका लागि आर्थिक सहयोग

बेनी ।समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ बिमला गौचनले पुर्णगाउँकी कोपिला पुनको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँकी मृर्गौला रोगी पुनको उपचारका लागि समाजसेवी तथा…

thumbnail

जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा…

thumbnail

ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा

बेनी । ओजे कोरियन कस्मेटिकको सातौं शाखा बुटवलमा विस्तार गरिएको छ ।दक्षिण कोरियामा उत्पादन भएका ब्राण्डलाई नेपाली बजारमा ल्याउने उद्धेश्यले बुतवलको सुंदरचोकमा सातौं शाखा विस्तार गरिएको हो । शाखाको ओजे गुप्र प्रा.लिका…

Write a Reply or Comment