दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् । त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा पछाडी सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस/रातोपाटी

सम्बन्धित समाचार

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…

thumbnail

मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने…