देशभर २९४२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ९ सय ४२ सहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएर घर फर्किएका छन् भने हालमम्म ९२ हजार १ सय ६६ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको ज्यान गएको छ । यो संगै देशभर कोरोनाबाट ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार