देशभर ४३९२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ४ हजार ३ सय ९२ सहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको ज्यान गएको छ । यो संगै देशभर कोरोनाबाट ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार