काेराेना अपडेट राष्ट्रिय समाचार समाज स्वास्थ्य

नबिल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् ।

गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए ।

आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । शाहले आफूलाई गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको र घरमा नै आइसोलेसनमा रहने बताएका छन् । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

मंगला गाउँपालिकामा अस्थायी कोरोना अस्पताल तयार

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित…

thumbnail

नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि , १७को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । यस संगै देशभर…

thumbnail

म्याग्दीमा ३ जना कोरोना संक्रमित थपिए

म्याग्दी । म्याग्दीमा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ ।काेराेना पुष्टि हुनेहरूमा बेनी नगरपालिका १ का ४४ वर्षिय पुरूष,७ का ३९ वर्षिय महिला र १० का ३० वर्षिय पुरूष छन ।…

Write a Reply or Comment