नवनियुक्त तीन मन्त्रीले लिए पद् तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद् तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठले पद् तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद् तथा गोपनीयताको शपथ गराएकी थिइन् । सपथ लिएसँगै पदभार सम्हाल्न तीनैजना मन्त्री सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेकपा महासचिव पौडेललाई अर्थ, श्रेष्ठलाई सहरी विकास र श्रेष्ठलाई महिला मन्त्रालयमा सिफारिस गरेका थिए । हिजो नै राष्ट्रपतिबाट तीनैजना मन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीले हिजो नै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए । गुरुङलाई सञ्चारको जिम्मेवारी दिइएको छ भने रक्षा आफूसँगै राखेर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार