नेपाल प्रहरीमा जागिर खुल्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ। कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ। कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन्।उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ। यस्तै महिलाका हकमा पाँच फिट र तौत ४२ केजी हुनुपर्नेछ। १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…