पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

सक्रिय संक्रमितहरुको संख्या ४४ हजार ४ सय ७६ ।पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना कोरोनामुक्त भई घर फर्किसकेका छन् भने हालसम्म ९९ हजार ६ सय ५ जना निको भई घर फर्किसकेका छन् ।

नेपालमा आज २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण गरिएको हो भने हाल सम्म १३ लाख ३४ हजार ८ सय ९७ जनाको परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार