पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )
शनिवार, कार्तिक ८ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी । पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा आएको छ । सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो ।
भिडिओ
पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्वर रहेको छ । लय/शब्द सुरेश गन्धर्वकाे रहेको छ । केशव बडुले एरेन्ज तथा बिपिन खड्काले सम्पादन गर्नुभएको छ । दिपक बस्नेत र शिशिर कंडेलको कोरियोग्राफर रहेको म्युजिक भिडिओको छायाङकन नरसिङ्ग चौधरीले गर्नुभएको छ । उज्यालो अभियान मिडिया नेपालगन्ज स्टुडियोमा गितको रेकर्ड गरिएको छ । भने उज्यालो अभियान मिडिया प्रा.लिले म्युजिक भिडिओ निर्माण गरेकोे छ ।
‘झ्याउरे लयमा बनेको गित राम्रो भएको छ,’–गायक तथा पत्रकार घर्ति मगरले भन्नुभयो ,‘यो भन्दा अगाडीका कौरा एवम् झ्याउरे लगायतका गित रुचाएको हुनाले यो गितलाई पनि आम दर्शकले रुचाइदिनुहुन्छ भन्ने आशा गरेको छु ।’
चाडपर्वको समयमा प्रदेशी र घरदेशीको मर्मलाई म्युजिक भिडिओमा झल्काउन खोजिएको छ । पत्रकार तथा गायक घर्ति मगरले निर्देशन गर्नुभएको म्युजिक भिडिओमा घर्ति मगर सहित कलाकार तिर्सना वली ,सुरेश गन्धर्व लगायत अन्य कलाकारहरुको समेत अभियनय रहेको छ ।
कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा…
काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको…
दर्पण रोका मगर बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ बरङजाका नव सर्जक÷गायक बिकाश अनुरागिले लेकमा गोबान लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक अनुरागी र गायीका टिका सानुको स्वर रहेको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…